देउवाको भारत भ्रमण जाने कार्यक्रम अचानक स्थगित

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत जाने कार्यक्रम स्थगित गरेका छन्। सभापति देउवा बिहीबार भारत जाने र शुक्रबार उत्तरप्रदेशस्थित प्रयागराजमा इन्डिया फाउण्डेसनले गर्ने सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको थियो ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा भारत जाने कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन्। ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो, भिडभाड हुनेजस्ता कारणले गर्दा नजाने निर्णय गरिएको हो,’ उनले भने।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए ।
दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण रद्द भएको स्रोतले बतायो ।





प्रतिकृया दिनुहोस्