सांसदमा बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ? यसको उत्तर कसले दिने ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बलायरले यस्तो बताएका हुन् ।
सांसद बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको उल्लेख गर्दै सरकारसँग जवाफ माग गरेका छन् । सुदूरपश्चिम प्रदेश सभाले गोदावरी राजधानी तोकेको पाँच वर्षभन्दा बढी भइसकेको छ । तर सभाले सार्वभौम अधिकार प्रयोग गरेको यो निर्णय यति बेला अलपत्र परेको छ ।
प्रदेशको सबै काम कारबाही कैलालीको धनगढीबाट हुँदै आएको छ । बलायरले भने, ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा घोषणा गर्यो । त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु ? संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म । आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ? यसको उत्तर कसले दिने हो ? अढाई वर्षदेखि यहीबारेमा मैले बोल्दै आएको छु । यसको जवाफ चाहिन्छ ।’
प्रतिकृया दिनुहोस्