संघीय संसद्का दुवै सभाको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

काठमाडौं । संघीय संसद्का दुवै सभाको बैठक आज बस्दै छन् । संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठकमा आज मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १स्१५बजे बस्ने राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि ‘मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्ने अर्को कार्यसूची छ । पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गर्ने कार्यसूची छ ।

प्रतिकृया दिनुहोस्