May 4, 2026, Monday
२०८३ बैशाख २१

माओवादी बैठक : मधेस र बागमती प्रदेश इन्चार्ज फेरिए, यी हुन प्रदेशगत इन्चार्जहरू

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रदेशगत इन्चार्ज तोकेको सचिव राम कार्कीले बताएका हुन ।

माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ। त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए।

त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए।

अन्य प्रदेशमा भने प्रदेश इन्चर्जाहरू यथावत नै रहेका छन्। कोसीमा हरिबोल गजुरेल, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपानी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपरिश्चममा गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन्।

त्यस्तै विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सम्पर्क समन्वय विशेषमा लिलामिण पोखरेल, प्रवास यूरोप–अमेरिका इन्चार्जमा राम कार्की र प्रवास एसियामा ओम शर्मा तोकिएका छन्।

आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि थिए। तर, उनलाई कुनै प्रदेशगत जिम्मेवारी दिएको छैन । उनलाई पार्टी उपाध्यक्ष बनाउने भनिए पनि सचिवालय बैठकले निर्णय गरेको छैन।

प्रचण्डको सचिवालयमा हेरेफेर- रमेश मल्ल भूगोलमा, गोविन्द आचार्य खुमलटारमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर भएको छ । लामो समयदेखि अध्यक्ष प्रचण्डको स्वकीय सचिव रहेका रमेश मल्ललाई भूगोलको राजनीतिमा पठाइने भएको छ ।

माओवादी हेडक्वार्टर स्रोतका अनुसार मल्ललाई स्वकीय सचिवबाट विदा गरेर गोविन्द आचार्यलाई सचिवालयको जिम्मेवारी दिन लागिएको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए ।

२०७८ कात्तिकमा जोखवहादुर महरालाई विस्थापित गरेर प्रचण्डको स्वकीय सचिवमा नियुक्त भएका सल्यानका नेता रमेश मल्ललाई पार्टीले अर्को जिम्मेवारी दिने एक नेताले बताए ।

माओवादी केन्द्रको सोमवारको सचिवालय बैठकमा अध्यक्षको सचिवालयमा हेरफेरबारे सामान्य छलफल भए पनि यसको निर्णय प्रचण्डले नै लिने भएकाले थप केही नभएको ती नेताले बताए । मल्ल र आचार्य दुवैजना केन्द्रीय सदस्य हुन् ।

फागुन १२ गतेदेखि अभियान सञ्चालन गर्ने

माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो । 

हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको उनले बताए । 

‘पार्टीले हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्नेछ । यस्तै पार्टीले जितेका १२३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौँमा गर्ने निर्णय भएको छ’, बैठकपछि सापकोटाले भने । 

पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पूर्व–पश्चिमको मध्य पहाडी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।