May 4, 2026, Monday
२०८३ बैशाख २१

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना रहेको छ । मौसम विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखी हिमपातको सम्भावना रहेको हो ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज बिहान सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ भने तराई भू–भागमा अहिले हुस्सु र कुहिरो लागेको मौसम विभागले जनाएको छ ।

आइतार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदलीको सम्भावना छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दूई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानाकारी दिएको छ। बाँकी प्रदेशमा आज सामान्यतया मौसम सफा रहनेछ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न महाशाखाले बताएको छ।