बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो, १७ हजार १७४ जनाको उद्धार

काठमाडौं । बाढीपहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ । हालैको परेको बर्षका कारण बाढीपहिरोमा परी १९ जना बेपत्ता भएका छन्।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार एक सय ७९ जना घाइते भएका छन्। बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ ।
सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रवक्ता तिवारी बताएका छन्।
‘बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,’ उनले भने।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक २ लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ। हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन्।
बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए।





प्रतिकृया दिनुहोस्