May 4, 2026, Monday
२०८३ बैशाख २१

नेवि संघले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाल विद्यार्थी संघले हवाई शुल्क सर्वसुलभ बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेवि संघका अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर हवाई शुल्क सर्वसुलभ बनाउन ध्यानाकर्षण गराएका हुन्।

मुख्य राजमार्ग र सडकहरू बाढीपहिरोका कारण अवरूद्ध रहेको बेलामा हवाई शुल्क सर्वसुलभ हुनुपर्ने भनाइ नेविसंघको छ।

सडक पहुँच नभएका हिमाली जिल्लाहरूमा चाडपर्वका बेला हवाई यातायातलाई सर्वसुलभ र सहज बनाउन पनि माग गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकलाई  अघि बढाउन पनि नेविसंघले माग गरेको छ।

d4fb9fd5-019d-4039-a4eb-527064b25c0b-1727767034.jpg
59885270-568e-4369-aa57-74584b4050d3-1727767047.jpg