May 4, 2026, Monday
२०८३ बैशाख २१

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो, ३१ जना अझै बेपत्ता

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १ सय ९३ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् ।

बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण शुक्रबारदेखि सोमबार बिहान साढे ९ बजेसम्म १९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ। 

बाढी पहिरोमा परेर ९६ जना घाइतेकोभएका छन्, भने ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको छ । ३१ जना सम्पर्कविहीन छन्। 

प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ । लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ।