स्थानीय तह उपनिर्वाचन : दल दर्ता आजदेखि, ३९ स्थानमा मंसिर १६ गते निर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । निर्वाचन आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको हो ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई आयोगले नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको हो ।
आयोगका अनुसार आगामी मंसिर १६ गते ३९ रिक्त पदमा उपनिर्वाचन हुनेछ । जसमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडा अध्यक्ष ९ रहेका छन् । यस्तै, नगरपालिका प्रमुख १, उपप्रमुख १ र नगर वडा अध्यक्ष २१ छन् ।
दल दर्ता सम्बन्धी निर्वाच आयोगको सूचना






प्रतिकृया दिनुहोस्