May 4, 2026, Monday
२०८३ बैशाख २१

मन्त्रिपरिषद्‌ बैठकका १८ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले भदौ १३ गते बसेको मन्त्रिपरिषद्‌का १८ निर्णय सार्वजनिक गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले चार दिनपछि मन्त्रिपरिषद्‌को पछिल्लो बैठकका निर्णय सार्वजनिक गरेको हो ।

बैठकले नेपालको २८औं मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको थियो । यूरोपेली सङ्घबाट २३ मिलियन र युनिसेफबाट २ मिलियन गरी २५ मिलियन युरो बराबर अनुदान सहायता बैठकले स्वीकृत गरेको छ ।

यसैगरी जर्मनीले दिने १० मिलियन यूरो अनुदान सहायता पनि स्वीकार गरेको छ । भदौ २४ गते थाइल्याण्ड जान लागेका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाको भ्रमण स्वीकृतदेखि काठमाडौं-तराई मधेश द्रूतमार्ग आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गा मुआब्जामा लाग्ने पूँजीगत लाभकर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्‌ बैठकले गरेको हो ।

साथै मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको  छ । 

निर्णयहरूः