May 4, 2026, Monday
२०८३ बैशाख २१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा सुरु

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

भदौदेखि जारी बैठकमा समसामयिक प्रस्तावहरुसहित पार्टी महासमितिमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

महामन्त्रीद्वयका प्रतिवेदनमा प्रस्तुत विचारलाई लिएर पार्टीभित्र उत्पन्न विवादका कारण बैठक लम्बिँदै आएको छ । आइतबारको बैठकले ती प्रतिवेदनहरु पास गर्ने तयारी रहेको नेताहरुले जनाएका छन् ।