May 4, 2026, Monday
२०८३ बैशाख २१

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम भक्तपुरबाट सुरू

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम सुरू गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार भक्तपुर पुगेर यो कार्यक्रम सुरूवात गरेका हुन्।

सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुगेका हुन्। हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रमको शुभारम्भको लागि राष्ट्रपति भक्तपुर पुगेका हुन ।

सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने यस अभियानको प्रमुख उद्देश्य रहेको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिसहित स्थानीय र आम जनताले स्वागत गरेका थिए । 

कार्यक्रम अन्तर्गत पहिलो दिन आज भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले स्थानीयसँग भलाकुसारी गर्नेछन् ।