सहकारी छानबिन विशेष समितिले बयानका लागि बोलायो रवि लामिछानेलाई

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोलाएको छ। ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई बयानका लागि बोलाएको हो ।
संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको भएपनि रास्वपा सभापति लामिछानेलाई साेधपुछका लागि शुक्रबार २ बजे बोलाइएको जानकारी दिएका हुन। लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि शुक्रबार नै बोलाइएको छ ।
सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो। विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।
समितिको ४२ औं बैठकमा गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ भएको थियो।
बिहीबार नै तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ् कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेलसँग पनि सोधपुछ गरिएको थापाले जानकारी दिए।





प्रतिकृया दिनुहोस्