May 4, 2026, Monday
२०८३ बैशाख २१

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शवको पोस्टमार्टम गरिंदै

काठमाडौं । बुधबार दिउँसो एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ । त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याएको थियो ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने बताएका छन् ।

काठमाडौंबाट स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा बुधबार दिउँसो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो  ।