June 18, 2025, Wednesday
४ असार २०८२, बुधबार

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ लिएका छन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।