सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो ।
आजको बैठकमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रीत रहेको बताइएको छ।
यसअघि मङ्गलवार बसेको संयन्त्रको बैठकमा मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने विषयमा कुराकानी भएको थियो।
संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन्।
आजको बैठकमा कांग्रेसका तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक बर्तौला र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव शर्मा, कानुनमन्त्री अजयकुमार चौरासिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, पूर्व कानुन मन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरथी जीवन प्रसाद दाहाललगायत सहभागी छन् ।





प्रतिकृया दिनुहोस्