प्रदेश स्थापनापछि कर्णाली प्रदेशमा पहिलो पटक प्रतिपक्षमा बस्दै माओवादी

सुर्खेत । प्रदेश स्थापनापछि कर्णाली प्रदेशमा पहिलो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने भएको छ । सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी प्रतिपक्षमा बस्ने भएको हो।
सङ्घीय सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो। प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुईजना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका छन्।
अब कर्णालीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा सत्ता सहकार्य हुने छ। सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरू हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेशसभा सदस्य बेदराज सिंहले जानकारी दिए।





प्रतिकृया दिनुहोस्