प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ ।
त्यस्तै सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा पनि सांसदहरू हेरफेर गर्ने कार्यसूची रहेको छ। आजै प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूको प्रश्नोत्तर पनि रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या, बन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।
बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।
त्यस्तै प्रतिमा गौतमले “डेंगीको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य सङ्कट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने सङ्ख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामको लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।





प्रतिकृया दिनुहोस्