May 4, 2026, Monday
२०८३ बैशाख २१

प्रतिनिधि सभाको बैठक बस्दै, आज प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । 

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले उठाएका प्रश्नको जवाफ आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन्।

प्रधानमन्त्री ओलीले चौथोपटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक सांसदहरूसँग प्रश्नोत्तर गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले आइतबार मात्रै प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए।

त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।