प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश
- Eraibar
- २०८१ श्रावण ६, आईतवार १६:०२
- 21 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने आदेश भएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको रिटमाथि सुनुवाइपछि गम्भीर संवैधानिक व्याख्या आवश्यक हुने भन्दै संवैधानिक इजलासमा पठाउने आदेश भएको हो ।
अधिवक्तात्रय दीपक अधिकारी, खगेन्द्रकुमार चापागाईं र शैलेन्द्रकुमार गुप्ताले गएको असार ३१ गते रिट दायर गरेका थिए । प्रधानमन्त्रीमा ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार गरिएको नियुक्ति संविधानविपरीत भएको रिटमा जिकिर गरिएको छ ।
संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री एकपटक नियुक्त भइसकेको अवस्थामा पुनः ओलीलाई त्यहीबाट बनाउन नमिल्ने भन्दै रिटमा नियुक्ति खारेजीको माग गरिएको छ ।
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
२०८३ बैशाख १४, सोमबार १२:३८ -
सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु
२०८३ बैशाख १४, सोमबार १२:१९ -
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
२०८३ बैशाख १४, सोमबार १३:०८ -
नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
२०८३ बैशाख १५, मंगलवार ०९:४७ -
सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
२०८३ बैशाख १४, सोमबार १२:२७





प्रतिकृया दिनुहोस्