May 4, 2026, Monday
२०८३ बैशाख २१

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार मध्याह्न १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन्। बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।