राजेन्द्र लिङ्देनले भने- राप्रपा दरिलो प्रतिपक्षी भएर उभिन्छ, संविधान संशोधनको एजेण्डा सेलायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको एजेण्डा सेलाए भन्दै प्रतिनिधिसभामा दरिलो प्रतिपक्षी भएर उभिने बताएका छन्।
राप्रपाले संविधान संशोधनको एजेण्डा हुँदा समर्थन गर्नुपर्छ कि भन्ने मनसाय राखेका थियौं तर यो मुद्दा अहिले सेलाएर गएको भन्दै लिङ्देनले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने र समर्थन पनि नगर्ने बताएका हुन् ।
यस बिषयमा पार्टिको बैठकले आधिकारिक निर्णय गर्छ । हामी एक दुई दिनमा संसदिय दलको बैठक बसेर साबैजनिक गछौं । लिङ्देनले भने, ‘हामीले संविधान संशोधनको एजेण्डा हुँदा समर्थन गर्नुपर्छ कि भन्ने केही मनसाय राखेका थियौं तर यो मुद्दा अहिले सेलाएर गएको छ। उनले भने, राप्रपाका अन्य मुद्दा र एजेण्डा पनि समावेश नहुने भएकाले अहिले ओलीलाई विश्वासको मत पनि दिँदैनौं र समर्थन पनि गर्दैनौं।’
राप्रपाले अगाडि सारेका एजेण्डामा वर्तमान सरकार लचिलो भयो भने भविष्यमा सोच्ने विषय भएको उनले बताए । तीन प्रतिपक्षी दलबीच भएको छलफललाई आफूले समर्थन गरेको भन्दै राष्ट्रिय मुद्दामा आफू पनि प्रतिपक्षी भएको हिसाबले उनीहरुसँग संवाद र सहकार्य गरेर अगाडि बढ्ने समेत उनले दाबी गरे।





प्रतिकृया दिनुहोस्