May 4, 2026, Monday
२०८३ बैशाख २१

सुदूरपश्चिम लगायत कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । सुदूरपश्चिम लगायत कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले भारी वर्षा हुने सम्भावना रहेको जनाएको हो।

मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको विभागले जनाएको छ । देशभर साधारणतया बदली रही सुदुरपश्चिम गण्डकी, कोशी, वाग्मती लुम्बिनी, मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, वाग्मती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,वाग्मती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशभर आंशिक देखि साधारणतया बदली रहने जनाउँदै विभागले कोशी,मधेश, वाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट बच्न अनुरोध गरेको छ ।