कांग्रेसले मन्त्रीको नाम टुङ्ग्यायो, ओली सरकारमा सहभागी हुने यी हुन् मन्त्रीहरू

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुङ्ग्याएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसले १० मन्त्रीसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो ।
कांग्रेसले सरकारमा ९ मन्त्री पठाउने भएकोले कोइराला पक्षले ४ मन्त्री आफ्नो समूहबाट चयन गर्न पाउनुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष ३ मन्त्री दिनेमा छ।
सभापति शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ।
नेता सिंह उपप्रधानसहित सहरी विकास, रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने छन् ।
स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।
यसले गण्डकी र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने छैन । कांग्रेसको उच्च स्रोतका अनुसार १० जनाको नाममाथि सभापति शेरबहादुर देउवाले फाइन टच गर्ने बाँकी छ ।
गण्डकी र लुम्बिनीको प्रतिनिधित्व गराउन देउवाले अन्तिममा एक–दुई जनाको नाम हेरफेर गर्ने सक्ने पनि स्रोतले बतायो । आज ११ बजे प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्ने कार्यक्रम छ । मन्त्री बन्नेको शपथ पनि आजै हुनेछ ।
प्रतिकृया दिनुहोस्