पदमुक्त भएसँगै बालुवाटार छोडेर खुमलटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेका छन् । संसद्मा विश्वासको मत नपाएका प्रचण्डले शुक्रबार नै बालुवाटार छाडेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड संसद्बाट विश्वास गुमेपछि राष्ट्रपति कार्यालय शीतलनिवास गएका थिए । विश्वासको मत प्राप्त नगरेपछि प्रचण्ड त्यसबारे जानकारी दिन शीतल निवास पुगेका हुन् ।
त्यहाँबाट उनी सिधैँ आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा खुमलटार लागेका हुन् । उनलाई खुमलटारमा स्थानीय संघसंस्थाका प्रतिनिधिले स्वागत गरेको सचिवालयले जनाएको छ ।
अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेको सरकारले नै काम गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएको सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख गरेकी छिन् ।






प्रतिकृया दिनुहोस्