गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, आजै फैसला हुनसक्ने

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज अन्तिम बहस हुँदैछ। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज आज फेरि सुनुवाइ हुने भएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा असार ७ गते बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट बहस हुनेछ। । त्यसपछि नपुगेको जवाफी बहस सकेर फैसला सुनाउने छ।
सर्वोच्चले आजै बहस सकेर फैसला सुनाउने सम्भावना रहेको देखिन्छ। सर्वोच्चले सहकारीका विषयमा लामिछानेका बारेमा गर्ने व्याख्याले उनेका आगामी दिनबारे निर्णय दिने छ।
गत शुक्रबार रिट निवेदकका तर्फबाट अधिवक्ता अनुपम भट्टराई, रमण कर्ण वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता टेकप्रसाद घिमिरे, सहन्यायाधिवक्ता सूर्य दाहाल लगायतले बहस गरेका थिए
बहसमा लामिछानेलाई निलम्बनको माग रिट निवेदकले उठाएका थिए भने सरकारी वकिलले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्रले क्लिन चिट दिएको नभई सूचना मात्र दिएको दाबी गरिएको थियो ।
सरकारका तर्फबाट उक्त रिटको औचित्य नभएकाले खारेज हुनुपर्ने माग गरिएको थियो । आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमेश बडाललगायतले बहस गर्ने छन्। उनीहरूको बहसपछि रिट निवेदक अधिवक्ता भट्टराई र रमण कर्णले जवाफी बहस गर्ने तयारी गरेका छन्।





प्रतिकृया दिनुहोस्