May 4, 2026, Monday
२०८३ बैशाख २२

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन महासंघलाई दियो युनियनले चेतावनी

काठमाडौं । नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । युनियनले आज प्रेस विज्ञप्ति जारी गरेर पत्रकार महासंघको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको हो ।

नेपाल पत्रकार महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र महासंघको निर्वाचन समितिलाई युनियनले आग्रह गरेको छ ।

महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको नेतृत्वले उदासिनता देखाएकोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघको नेतृत्वले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी महासंघको विधि अनुसार सदस्यता विवाद नटुंगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा युनियन पत्रकार महासंघको अहिलेको निर्वाचन प्रक्रियामा सहभागी नभई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।