जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज विविध कार्यक्रम आयोजना गर्दै छ।
विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ।
फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ।
विसं२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो। जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।
भण्डारीले पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा पेश गर्नुभएको जबजको सिद्धान्तलाई तत्कालीन एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गरेको थियो ।
तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा दुःखद निधन भएको थियो ।





प्रतिकृया दिनुहोस्