एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।
सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।
१८६ जनाको ४.० जिपीए आएको छ। ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।
परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा बोर्डले यसपालि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ। उक्त निर्देशिकामा सैद्धान्तिक र आन्तरिक मूल्यांकन फरक-फरक गर्ने व्यवस्था छ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ। सैद्धान्तिकतर्फको ७५ पूर्णांकको विषयमा कम्तिमा २७ अंक र आन्तरिकतर्फको २५ पूर्णांकमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ।
दुइवटा विषयसम्म नन ग्रेड (एनजी) आएका परीक्षार्थीहरूले १ महिनापछि पूरक परीक्षामा सहभागी हुन पाउनेछन्। त्यसको नतिजा पनि एक महिनामै सार्वजनिक गरिनेछ।
दुई वा त्योभन्दा बढी विषयमा एनजी आएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्रै ग्रेडवृद्धीका लागि परीक्षा दिन पाउनेछन्।
कसरी हेर्ने एसईईको नतिजा ?
बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ । यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।
नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार यसरी छुट्याइयो एसईईको नतिजा
राष्ट्रिय परीक्षा बोर्डले योवर्ष एसईईको नतिजार्मा लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार विद्यार्थीको ग्रेडिङ गरिएको छ ।
निर्देशिका अनुसार सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । नतिजामा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिएको छ ।
दुवैतर्फ योभन्दा कम प्रतिशत ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अक्षर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ ।
जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिर्ङ ए प्लस’ हुनेछ, यसलाई सर्वोत्तम उपलब्धि मानिएको छ ।
यस्तै ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेर्ड ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरुको ग्रेर्ड बी प्लस’ हुनेछ ।
यस्तै ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेर्ड बी’, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र ग्रेर्ड सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेर्ड डी’ कायम हुनेछ ।
सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा नन ग्रेडेड र जीपीएको वर्ग खाली राखिनेछ । प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।
मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन । यसअघिका वर्षहरुमा प्रमाणपत्रमा इ ग्रेडसम्मको ग्रेडिङ थियो भने नन ग्रेडेडको प्रावधान थिएन । दुईवटा विषयमा नन ग्रेडेड नतिजा आएका विद्यर्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् ।
दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले नियमित कक्षामा सहभागी भइ पढ्नुपर्नेछ । उनीहरुले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् ।
यदी विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ ।





प्रतिकृया दिनुहोस्