कांग्रेस सभापति देउवाले बोलाए माधव, उपेन्द्र र महन्थलाई बुढानीलकण्ठमा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले मधेश प्रदेश सरकारका विषयमा छलफल गर्न बैठक बोलाएका हुन ।
मधेस प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवालेतीन दलका अध्यक्षलाई छलफलका लागि बोलाएको उनले बताए । उनले भने, ‘आज पाँच बजे माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरलाई छलफलका लागि बोलाइएको छ ।’
मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् ।
कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् ।
मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । भने माओवादीका ८ प्रदेश सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।





प्रतिकृया दिनुहोस्