May 4, 2026, Monday
२०८३ बैशाख २२

विपक्षी दलहरुले सडक र सदनबाट संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने

काठमाडौँ । संसद् बैठकपछि विपक्षी दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक बसेको हो । विपक्षी दल हरुलको बैठकले सडक र सदनबाट संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्याय गरेको छ ।

कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका हुन् । सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो।

बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनले भने, ‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो । उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ ।’

 हामीले उठाइरहेको विषयमा सदनमा मात्रै होइन । अब सडकका पनि पुर्‍याउँछौं,” बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने । बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।

त्यसपछि कांग्रेस संसदीय दलको बैठक बस्ने जनाइएको छ । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।