May 5, 2026, Tuesday
२०८३ बैशाख २२

एमाले सचिवालय बैठक आज बस्दै, यी हुन छलफलका एजेण्डा

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो एक बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो एक बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख गौतमकाअनुसार आज तीन वटा विषयमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ। ललितपुरको गोदावरीमा बस्ने परिषद् बैठकमा करिब दुई हजार ५०० सहभागी हुनेछन्। बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ।

आजको सचिवालय बैठक त्यसैको तयारीका लागि रहेको स्थायी कमिटी सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका हुन। यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।