कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बसी रहेको छ । कांग्रेस संसदीय दलको बैठक बिहान ८ बजे देखी नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको हो ।
सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि पार्टीले संसदीय दलको बैठक बोलाएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
सरकारले अप्रत्यासित रूपमा संसद अधिवेशन गर्ने निर्णय गरेकोबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक लेखकले जानकारी दिए हुन।
‘विधेयकहरू ढिला ल्याउने, प्रमुख प्रतिपक्षको मागलाई सरकारले बेवास्ता गर्यो,’ उनले भने, ‘उल्टै प्रमुख प्रतिपक्षीका कारण संसद चलाउन नसकिएकाले अधिवेशन अन्त्य गर्नुपर्यो भन्ने खालका भाषा सरकारले प्रयोग गरेको देखियो।’
यसले सरकार गैरजिम्मेवार बनेको देखिएको र सोहीबारे छलफल गर्न सोमबार कार्यसमिति र दलको बैठक बोलाइएको प्रमुख सचेतक लेखकले बताए।





प्रतिकृया दिनुहोस्