प्रधानमन्त्री प्रचण्डले भने- पोष्टबहादुर बोगटीको अभाव खड्किरहन्छ

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् ।
शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष सोत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो।’
बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गरे । उनले भने, ‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ।’





प्रतिकृया दिनुहोस्