उपनिर्वाचन : कांग्रेसले इलाममा खड्का र बझाङमा सिंहलाई उमेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।
यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए । खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।
पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बसेर बोर्डको निर्णयलाई अनुमोदन गर्ने कांग्रेसका ती नेताले बताए । यसअघि संस्थापन र इतरसमूह टिकटका विषयमा लामो छलफलमा जुटेका थिए ।





प्रतिकृया दिनुहोस्