May 5, 2026, Tuesday
२०८३ बैशाख २२

उपनिर्वाचन : उम्मेदवार टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । उपनिर्वाचनका लागी उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

काठमाडौँ । उपनिर्वाचनका लागी उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ ।  उनका अनुसार कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न आजे अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्ने छ ।

यसअघि हिजो साँझ उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको बैठक बिनानिष्कर्ष सकिएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।

सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।

नेता कोइराला र थापाले इलाम— २ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम—२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो । नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुङ्गिएको हो ।

इलाम- २ र बझाङ- १ को प्रदेश सभा १ मा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते मनोनयन दर्ता गर्ने तालिका छ। कांग्रेसबाट इलामका लागि ७ जना र बझाङका लागि १० आकांक्षीको नाम सिफारिस भएको छ।