February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

टी-२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबिच दोस्रो खेल हुने

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । काठमाडौँको कीर्तिपुरमा जारी टी-२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्ने भएको हो ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय १ रनमा समेटिएको हो ।  

एक समय सहजै जिततर्फ उन्मुख नेपाली टोली राम्रो फिनिसिङ नहुँदा हार बेहोर्न पुगेको थियो । लोकेश बमको शतक र आरिफ शेखको जिम्मेवारी इनिङले नेपाल बलियो स्थितिमा पुगेको थियो ।

लोकश बमको सतकीय पारिका बाबजुद नेपाल पराजित भएको हो । बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकीय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।

सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्यान्डलाई हराउनै पर्ने दबाबमा छ । आज टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर पवन सर्राफ र नारायण जोशीले आज अवसर पाउन सक्छन् । यता आयरल्यान्डले पनि स्पिनर बेन ह्वाइटलाई उतार्न सक्छ ।

आजको खेल जिते वल्भ्सले सिरिज जित्नेछ । शनिबार भएका कारण घरेलु समर्थकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपाल ‘ए’ टि२० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी, विकास आग्री

आयरल्यान्डको टोली :

निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट