May 5, 2026, Tuesday
२०८३ बैशाख २२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

गत फागुन २१ गते कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच एक्लाएक्लै भएको यो पहिलो भेट हो। संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्तामा संवैधानिक परिषद्को बैठकका विषयमा कुराकानी भएको जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गतेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

बैठकमा संसद् र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ ।