May 5, 2026, Tuesday
२०८३ बैशाख २२

राष्ट्रियसभा अध्यक्षमा दुई जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं । ​राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकोमा माओवादीका तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

माओवादीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालका सहोदर भाइ नारायण दाहालले संघीय संसद्को ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। भने कांग्रेसकाट लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका  बेदुराम भुसाल रहेका छन् ।  त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । 

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ।