May 5, 2026, Tuesday
२०८३ बैशाख २२

राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवारी आज दर्ता हुँदै, आजै नामावली प्रकाशन हुने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको हो ।

पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ । आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए। आइतबार बसेको माओवादी केन्द्रको बैठकले नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को मनोनीतको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ।

नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए। उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए। सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार भएनन्।

कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  

सत्ता समीकरण फेरिएसँगै राष्ट्रिय सभा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आमनेसामने हुने भएका छन् ।

मंगलबार बिहान ११ः०९ बजे बस्ने राष्ट्रिय सभा बैठकले अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जानकारी दिएको छ।