May 5, 2026, Tuesday
२०८३ बैशाख २२

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला चयन

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन् । शनिबार कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका निजी सचिव केशव जोशीले जानकारी दिएका हुन ।

सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेतामा चयन गरेका हुन्। 

गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो। 

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका थिए। अहिले उनले सत्ता गठबन्धन परिवर्तन गरी नेकपा एमालेको साथ लिएका छन‍्।

Press-Release-2080.11.26-copy-1709988235.jpg