कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिएका हुन ।
कांग्रेसले विपक्षमा रहेका दललाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस नेता केसीले जानकारी दिए । कसलाई उमेदवार बनाउने त्यो भने निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए ।
उम्मेदवारको चयन राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले जानकारी दिएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन यही फागुन २९ गतेका लागि मिति घोषणा गर्ने तयारी छ ।





प्रतिकृया दिनुहोस्