May 5, 2026, Tuesday
२०८३ बैशाख २२

आज महाशिवरात्रि पर्व

काठमाडौं । आज महाशिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयहरुमा भगवान् शिवको विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँन लागेको छ ।

आज पाशुपत क्षेत्रमा भगवान् शिवको विशेष अनुष्ठान र पूजा अर्चना हुनेगर्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

भगवान् शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।

आज भक्तजनहरू व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजाअर्चना गर्छन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ खाने पनि चलन रही आएको छ