May 5, 2026, Tuesday
२०८३ बैशाख २२

कांग्रेस संसदीय दलको बैठक ल्होत्से हलमा जारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि ९ बजेदेखी संसदीय दलको बैठक संघीय संसदको ल्होत्से हलमा बसिरहेको हो ।

दलको बैठकमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट खेल्नुपर्ने भूमिका तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे राख्नुपर्ने विषयवस्तुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।