बालकुमारी प्रकरण : मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।
गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताएका हुन । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने बताए ।
बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्री प्रचण्डले नै बर्खास्त गरेका छन् ।
उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्री प्रचण्ड आजै यो विषय टुङ्गो लगाउने बताएका हुन् ।





प्रतिकृया दिनुहोस्