April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

कपिलवस्तु बस दुर्घटना : कञ्चनपुरका ७ जनासहित १० को मृत्यु, मृतक र घाइते सबैको परिचय खुल्यो

कपिलवस्तु । १० जनाको ज्यान जानेगरी कपिलवस्तुको सुरही पुल नजिक भएको बस दुर्घटनाका मृतकको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार मृत्यु भएका १० जनाकै सनाखत भएको जनाएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूमा भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरका सज्नु थापा, पुनर्वास नगरपालिका निवासी किसन भट्टको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुनर्वास नगरपालिका–९ बिसफाँटा बस्ने विमला देवी भट्ट रहको प्रहरीले जनाएको छ।

त्यस्तै  रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे, नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमान छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १२ बजेतिर बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । घटनामा ३० जना घाइतेको भएका छन्।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा घाइतेको  नौ जनालाई बुटवल पठाइएको र अरूको स्थानीय अस्पताल उपचार भइरहेको बताए । दुर्घटनाको कारण अझै खुल्न नसको पौडेलले बताए ।

मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राती साढे १ बजेमात्र जानकारी भएकोले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पुर्‍याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक पौडेलले बताए।

घाइते सबैको पहिचान खुलेको छ। घाइते हुनेमा ओखलढुंगाका लोकबहादुर कार्की रहेका छन्। उनी रूद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवल्दार रहेको खुलेको छ।

कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पूर्णबहादुर चन्द, कैलाली, बेलडाँडी नगरपालिका वडा नम्बर १ का २४ वर्षीय महेश सुनार, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १८ का २८ वर्षीय सन्तोष चौधरी, बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय केशव हमाल रहेका छन्।

त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुशील कुँवर, गुल्मी, मालिका गाउँपालिका वडा नम्बर ७ का २९ वर्षीय अर्जुन कार्की पनि घाइते भएका छन्।

यस्तै बैतडी मेनौली नगरपालिका वडा नम्बर १ का २२ वर्षीय राजेश दयाल, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १ का १८ वर्षीय नितेश सुनार घाइते रहेका छन्। 

यसैगरी गोरखा, शहीद लखन गाउँपालिका वडा नम्बर ७ बस्ने ३० वर्षीया मनोज विक, दार्चुला, शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय नवीन भट्ट पनि घाइते छन्।

कञ्चनपुर, भीमदत्त नगरपालिका १४ बस्ने ३३ वर्षीया गीता कुँवर र उनका १२ वर्षका छोरा नवीन कुँवर पनि घाइते भएका छन्। ओखलढुंगाका १९ वर्षीय बिसन भुजेल, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ का ३१ वर्षीय मोहनसिंह लोहार, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का ४१ वर्षीय अनील तन्डुकार पनि घाइते छन्।

दुर्घटनामा कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १६ का ५४ वर्षीया नारायणी थापा, त्यही ठाउँमा २८ वर्षीय दिपेन्द्र बोहोरा पनि घाइते भएका छन्।

कैलाली, लम्किचुहा नगरपालिका वडा नम्बर १ की २७ वर्षीय रेखा आचार्य, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नबम्बर १८ की ४१ वर्षीया शान्ति सिंह, कैलाली गेरुवा गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय गणेश काफ्ले, उनकी २७ वर्षीया श्रीमती रेखा आचार्य, तीन वर्षकी छोरी श्रृष्टि काफ्ले घाइते भएका छन्। 

यस्तै, भारत उत्तर प्रदेश मुद्राबास का ३५ वर्षीय मोहम्मद रिजन, सोही ठाउँका ५४ वर्षीय अनिश मनियार पनि घाइते छन्।
धादिङ, सिम्लेका २५ वर्षीय कृष्ण नेपाली, कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ का २० वर्षीय सुमन विष्ट, सोही नगरपालिका वडा नम्बर १ का २० वर्षीय मनोजसिंह धामी पनि घाइते छन्।

कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नम्बर १९ कै २० वर्षीय अशोक सिंह, सोही नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय ज्ञानेन्द्र पाल घाइते रहेको प्रहरीले जानकारी दिएको छ।