देशभर ७८ जना एसपीको सरुवा, सुदूरपश्चिम प्रदेशमा को को प्रहरी प्रमुख भए हेरफेर ? (सूची सहित)

धनगढी। प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । भने २३ जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।
सुदूरपश्चिम प्रदेशका पनि विभिन्न जिल्ला र शाखाका प्रमुख हेरफेर भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्र बहादुर पाल सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल सुरक्षा कार्यालय काठमाडौँका पदम बहादुर विष्ट आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा हुँदा लागू औषध नियन्त्रण ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँका चक्रराज जोशी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आउने भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख नेत्रमणी गिरी कर्णाली प्रदेश प्रहरी गणमा सरुवा भए । यहाँ नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा काभ्रेबाट राजीव बहादुर बस्नेत आउने भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव व्यवस्थापन महाशाखाका प्रमुख विष्णुहरि कोइराला जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भएका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरका राजकुमार सिलवाल काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा भए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा धनगढीका प्रमुख श्याम सिंह चौधरी सर्वोच्च विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई काठमाडौँमा सरुवा भए ।













प्रतिकृया दिनुहोस्