‘कानुन जति बन्नु पर्थ्यो त्यति बन्न सकेनन्’
- Eraibar
- २०८० फाल्गुन १, मंगलवार १४:३२
- 3 Shares

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्ले कानुन आवश्यकता अनुसार बनाउन नसकेको बताएका छन् । यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले धेरै कानुन अझै बन्न बाँकी रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो कार्यकालमा राष्ट्रियसभामा कुनै पनि कानुन नबनेको र ढिलो गरिएको भन्ने कुरा सत्य नभएको बताए । ‘सरकारले नै विधेयक ल्याउन सकेन,’ उनले भने । राष्ट्रियसभामा आएका विधेयक कुनै पनि बाँकी नरहेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
उनले भने, ‘राष्ट्रियसभामा आएका विधेयक सम्पूर्ण ढंगले समयमा नै पास गरेर पठाएका छौँ ।’ सरकारले कानुन बनाउने कुरालाई प्रथामिकतामा राखेर काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । संसद्मा आएका विधेयक समयमा नै पास गरेर पठाउने गरेको हुँदा आफ्नो कार्यकाल सफल भएको उनले बताए । रासस
- नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
- कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
- ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान सुरु, धनगढीबाट मेयरसहितको टोली अपि प्रस्थान
- निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
- सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
-
निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीप्रति कर्मचारी संगठनको विरोध, दिए आन्दोलनको चेतावनी
२०८३ बैशाख १४, सोमबार १२:३८ -
सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु
२०८३ बैशाख १४, सोमबार १२:१९ -
कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत
२०८३ बैशाख १४, सोमबार १३:०८ -
नेकपाले तोक्यो प्रदेश इन्चार्ज-संयोजक, सुदूरपश्चिम इन्चार्ज भीम रावल र संयोजक हरेराम चौधरी
२०८३ बैशाख १५, मंगलवार ०९:४७ -
सुदूरमा स्वास्थ्य विश्वविद्यालय : सेवा अब झिक्कै-झिक्कै
२०८३ बैशाख १४, सोमबार १२:२७





प्रतिकृया दिनुहोस्