February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

मुख्यमन्त्रीसहित सत्ता साझेदार दलको बैठक बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ । मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दिएको हो।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको छ । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका शिर्ष नेताहरु सहभागी छन् ।