May 5, 2026, Tuesday
२०८३ बैशाख २२

कांग्रेस संसदीय दलको बैठक शुक्रवार बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रवार बस्दैछ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भएको हो ।

संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिका र पछिल्लो राजनितिक घटना क्रमको बारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक लेखकले बताए ।